काेदाेका परिकार खाने बढ्दै, सेलराेटीदेखि ममसम्म
Ujyaaloonline.com · Fri Aug 01 09:10:17 GMT 2025

कास्की – तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेस्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको छ ।
तीन दशककै अन्तरालमा कोदोप्रतिको धारणा एकाएक परिवर्तन भएको अगुवा किसान रमेश आचार्य बताउनुहुन्छ । पछिल्लो समयमा विशेषगरी पाखाबारीमा कोदो लगाउने क्रम बढेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यसको खेती अपेक्षित विस्तार भने हुन नसकेको उहाँले जानकारी दिनुभयो । अन्य अन्नभन्दा कोदोको खेती गर्न श्रम र लगानी बढी खर्च हुने भए पनि किसानले यसको उचित मूल्य पाउन नसकेको आचार्यले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)