मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१९ वर्षमा महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै

Ujyaaloonline.com · Fri Aug 01 12:13:27 GMT 2025

काठमाण्डाै – १९ वर्षअघि शुरू भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै भएको छ । २०६३ सालदेखि शुरू भएको महाकाली सिँचाइ आयोजनामा अहिलेसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले जानकारी दिनुभयो ।

सिंहदरबारमा आज बसेको राष्ट्रियसभा अन्तर्गतकाे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै जलस्रोत सचिव दवाडीले आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनुअघि थोरै बजेट विनियोजन हुने गरेको र काम पनि सुस्त गतिमा भएका कारण ढिलाइ भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)