सामसङ ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक
ajakoartha.com · Fri Aug 01 09:17:00 GMT 2025

काठमाडौं –सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोड्ने जनाइएको हो । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ ।
ग्यालेक्सी वाच–८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित जडित छ । यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ । यसमा रहेको रनिंग कोचले तपाईको दौडने अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)