सुवेदीको ‘शिरजरा’ टोकियोको प्रतिष्ठित फिल्म बजारमा छनोट, दक्षिण एसियाबाटै एक्लो प्रतिनिधित्व
kalakarmi.com · Fri Sep 11 12:55:17 GMT 2026

काठमाडौं– नेपाली निर्देशक विकास सुवेदीको नयाँ फिल्म ‘शिरजरा: द सङ्ग अफ ग्रान्ड मदर’ जापानको प्रतिष्ठित टोकियो फिल्म ग्याप फाइनान्सिङ मार्केटमा छनोट भएको छ । टोकियो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलअन्तर्गत आयोजना हुने फिल्म निर्माण तथा लगानी बजारमा विश्वभरबाट प्राप्त सयौँ आवेदनमध्ये ‘शिरजरा’ उत्कृष्ट २४ परियोजनामा छनोट भएको हो । यस वर्षको छनोट सूचीमा नेपाल तथा भारतसहित सम्पूर्ण दक्षिण एसियाबाटै ‘शिरजरा’ एक्लो प्रतिनिधि फिल्म बनेको निर्माण पक्षले जनाएको छ ।
टोकियोको यस प्रतिष्ठित बजारमा कान्स, बर्लिन तथा भेनिसजस्ता विश्व चर्चित चलचित्र महोत्सवमा आफ्नो उपस्थिति जनाइसकेका निर्देशक तथा निर्माण कम्पनीका परियोजनासँगै ‘शिरजरा’ पनि छनोट भएको हो । छनोट सूचीमा कान्स फिल्म फेस्टिभलमा पुरस्कार जितेका सिंगापुरका निर्देशक जुनफेङ बु, कान्स तथा भेनिसमा स्थापित कजाकिस्तानका निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता फिल्म ‘टाइगर स्ट्राइप्स’ निर्माण गर्ने इन्डोनेसियाली कम्पनी कावानकावान मिडिया, भेनिसमा पुरस्कार जितेका भियतनामी निर्देशक डिएप नुएन होआङ तथा बर्लिन चलचित्र महोत्सवमा प्रदर्शन भएका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजना पनि रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)