मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा महानगरको बजेट सात अर्ब १५ करोड

nepalnews.com · Fri Jun 19 13:44:15 GMT 2026

कास्की। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु. सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगर सभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा रु. आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा रु. एक अर्ब १९ करोड ८७ लाखले न्यून हो ।

बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु. दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान रु. पाँच करोड ५० लाख, समपूरक अनुदान रु. एक करोड ८२ लाख र सङ्घीय सरकार समानीकरण अनुदान रु. ४९ करोड ३७ लाख रहेको छ । त्यसै गरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ रु ६० लाख, विशेष अनुदान र ४० लाख र समानीकरण अनुदान रु. आठ करोड १५ लाख ३६ हजार अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)