गृह मन्त्रालयले सञ्चालनमा ल्यायो 'हेलो गृह कल सेन्टर'
setopati.com · Fri Jun 19 13:55:10 GMT 2026

गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझावहरू संकलन गर्नका लागि 'हेलो गृह कल सेन्टर' सञ्चालनमा ल्याएको छ।
मन्त्रालयको दैनिक कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउने उद्देश्यले गुनासो व्यवस्थापन शाखा अन्तर्गत यस कल सेन्टरको स्थापना गरिएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार सर्वसाधारणले गृह प्रशासन, सुरक्षा निकाय तथा मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूसँग सम्बन्धित आफ्ना गुनासो र रचनात्मक सुझावहरू सिधै मन्त्रालयमा दर्ता गराउन सक्नेछन्।
कल सेन्टरमार्फत नागरिकका समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने मन्त्रालयले जनाएको छ।
सर्वसाधारणले आफ्नो गुनासो, उजुरी तथा सुझावहरू देहायका माध्यमहरू प्रयोग गरी पठाउन सक्ने बेहोरा जानकारी गराइएको छ:
टोल फ्री / फोन नम्बर: [१११२]
इमेल ठेगाना: [gunaso@ moha.gov.np]
मोबाइल नम्बर: [९८५१३६०६०३]
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)