मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदै

ekantipur.com · Sat Feb 10 00:31:48 GMT 2024

मकवानपुर — सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताले शनिबार नयाँ विजेता पाउँदै छ । प्रतियोगिताको छैटौं संस्करणको उपाधिलाई विभागीय टोली नेपाल एपीएफ क्लबले एनआरटीविरुद्ध खेल्नेछ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता विजेताले १५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी जित्नेछ । उपविजेताको भागमा १० लाख रुपैयाँ पर्नेछ । यसअघि आर्मीले दुई, थ्रीस्टार, मनाङ मर्स्याङ्दी क्लब र आयोजक मकवानपुर जिल्ला फुटबल संघले १–१ पटक उपाधि जितेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)