विराटनगर किंग्सले ‘ड्रम टु प्ले २०२६’ को दोस्रो संस्करण आयोजना गर्ने
neplays.com · Fri Sep 11 13:18:00 GMT 2026
विराटनगर। नेपालको क्रिकेट विकासमा तल्लो तह (ग्रासरुट्स) बाटै प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले विराटनगर किंग्सले आफ्नो दोस्रो संस्करणको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत "Dream to Play 2026" आयोजना गर्ने भएको छ। यो प्रतियोगिता आगामी अशोज १ गतेदेखि ५ गते (सेप्टेम्बर १७ देखि २१, २०२६) सम्म सञ्चालन हुनेछ। काेशी प्रदेश क्रिकेट संघ अन्तर्गतका पाँच जिल्लाका युवा खेलाडीहरूबीच टी-२० फर्म्याट मा प्रतिस्पर्धा गराइनेछ। काेशी प्रदेशका विभिन्न जिल्लामा लुकेर रहेका प्रतिभाशाली युवा क्रिकेट खेलाडीहरूलाई एउटै प्लेटफर्ममा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विराटनगर किंग्सले जनाएकाे छ। विराटनगर किंग्सका म्यानेजर विजय कुमार धितालका अनुसार यस प्रतियोगिताको अर्को महत्त्वपूर्ण पक्ष भनेको टोलीका लागि आईकनिक खेलाडी छनोट गर्नु हो।
प्रतियोगिता अवधिभर खेलाडीहरूको प्रदर्शन, क्षमता, अनुशासन र क्रिकेट कौशलको मुल्याङ्कन गर्दै उत्कृष्ट प्रतिभाहरूमध्येबाट टोलीको आइकनिक्स खेलाडी छानिनेछ। यसले युवा खेलाडीहरूलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा र अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)