मधेश प्रदेशको मुख्य न्यायाधिबक्तामा डा. सिंह नियुक्त
gorkhapatraonline.com · Tue Jan 13 17:21:23 GMT 2026

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मंगलबार मुख्य न्यायाधिवक्तामा सिंहलाई नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)