उपनिर्वाचनको सन्देश
ekantipur.com · Tue Apr 30 23:27:32 UTC 2024
प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१(क) मा भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणाम हेर्दा आगामी आम निर्वाचनमा पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेकै बीच मुख्य प्रतिस्पर्धा देखिन्छ । २०७४ र २०७९ को निर्वाचनमा विभिन्न दलहरूको गठबन्धनका कारण कुन दलको कति क्षमता छ भनेर यथार्थ मूल्यांकन गर्न सक्ने अवस्था थिएन ।
यस उपनिर्वाचनमा मुख्य दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले उनीहरूबीच स्वच्छ प्रतिस्पर्धा भएको छ । यसले केही क्षेत्रीय दल र नयाँ भनिएका दलहरूको राजनीतिक भविष्य सुखद हुने देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)