मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी प्रकरण : तीर्थराज अर्यालसहित ४ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

newsofnepal.com · Fri Jun 19 14:09:25 GMT 2026

काठमाडौँ।

प्रहरी हिरासतमा रहेका तीर्थराज अर्यालसहित चार जनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ ।

राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका उनीहरूमाथि अनुसन्धानका लागि अदालतले दोस्रो पटक ५ दिन म्याद थपको अनुमति दिएको हो ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले प्रतिवादीहरू तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्लविरुद्ध म्याद थप गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)