विद्युत् पोलमा मर्मत गर्दै गर्दा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
barnanmedia.com · Fri Jun 19 14:10:57 GMT 2026

मोरङको रतुवामाई नगरपालिकामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १ः२० बजे रतुवामाई नगरपालिका–१ हटियाडाँडा स्थित विद्युत् पोलमा चढेर मर्मत कार्य गरिरहेका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत ४६ वर्षीय सुर्जानन्द मण्डललाई करेन्ट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)