पोखरा महानगरको बजेट सात अर्ब १५ करोड
dcnepal.com · Fri Jun 19 14:20:53 GMT 2026

कास्की। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ। महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन्। चालु वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो। आगामी वर्षको बजेट चालुको भन्दा रु एक अर्ब १९ करोड ८७ लाखले न्यून हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)