बैतडीमा यात्रुवाहक बस दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते
nepalpress.com · Fri Jun 19 14:25:52 GMT 2026

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ साईलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको यात्रुवाहक बस शुक्रबार साँझ गति अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। बसमा चालकसहित १२ जना सवार रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)