मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किप्टोकरेन्सीमा संलग्न ६ चिनियाँ पक्राउ

nagariknews.nagariknetwork.com · Fri Jun 19 14:28:52 GMT 2026

किप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेका ६ चिनियाँ नागरिकलाइ रुपन्देही प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १२ बाट पक्राउ गरेको हो ।

नेपालमा कानुनी रुपमा निषेध गरिएका एप र वेभसाइटमार्फत अभौतिक मुद्रा (किप्टोकरेन्सी) को कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

ती चिनियाँहरुले बिनान्स एप, ओकेएस, इन्टोकन, पेटीएम, भिम एप्स, मोबिव्किक र फोनपे जस्ता वित्तीय तथा किप्टो वालेट एप्स र वेबसाइटमार्फत किप्टोकरैन्सीको करोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय