नेता हुमागाईले गरे मेलम्चीका बाढीपिडितलाई सहयोग
hamrakura.com · Wed Jun 16 00:00:00 GMT 2021
मेलम्ची। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिव प्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराएका छन् । मङ्गलवार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
नाकुते भन्ने स्थानमा पहिरो गई खोला थुनिएर आएको बाढीले मेलम्ची खोला आसपासका बस्तीमा क्षति पुर्याएको छ । क्षतिको विवरण बुझ्न मेलम्ची पुगेका केन्द्रीय सदस्य हुमागाईले विस्थापित परिवारका लागि तत्कालको सहयोग भन्दै २ हजार के.जी चामल हस्तान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)