अफगानिस्तानको एक मस्जिदमा बन्दुकधारीको आक्रमणः ६ जनाको मृत्यु
lokaantar.com

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए । ‘६ नागरिक सहिद भए र एक जना घाइते भएका छन्,’ मङ्गलबार बिहान उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)