इरान-अमेरिकाबीचको वार्ता स्थगनको प्रभाव : इजरायल र हिज्बुल्लाबीच युद्धविराम
nepalviews.com · Fri Jun 19 14:39:51 GMT 2026

एजेन्सी । इजराइल र लेबनानस्थित हिज्बुल्लाहबीच युद्धविराम गर्ने सहमति भएको छ। यसको पुष्टि अमेरिकाका एक वरिष्ठ अधिकारीले गरेका छन्। यसअघि स्विट्जरल्यान्डमा तय भएको इरान र अमेरिकाबीचको शान्ति वार्ता स्थगित भएको थियो । अमेरिका र इरानबीच सम्झौता भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग असन्तुष्ट भएका थिए ।
यो सहमति स्थानीय समयअनुसार शुक्रबार साँझ ४ बजेदेखि लागू भएको हो । इजराइली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले विज्ञप्ति जारी गर्दै भनेका छन्, "हामी अहिले युद्धविरामको अवस्थामा छौं। आवश्यक परे इसराइल पुनः सैन्य कारबाही जारी राख्न तयार छ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)