कक्षा १२ को नतिजा चित्त बुझेन ? यसरी दिनुहोस् रिटोटलिङका लागि अनलाइन आवेदन
techpana.com · Fri Jun 19 14:32:37 GMT 2026

काठमाडौं । कक्षा १२ को नतिजा चित्त नबुझेका विद्यार्थीहरूले रिटोटलिङ (पुनर्योग) का लागि आवेदन दिन सक्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी), परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुला गरेको हो । विद्यार्थीहरूले पुनर्योगका लागि १२ असारसम्म आवेदन दिन सक्नेछन् ।
एनईबीले गत १४ देखि २७ वैशाखसम्म कक्षा १२ को परीक्षा सञ्जालन गरेको थियो । जसको नतिजा शुक्रबार (५ असार) प्रकाशन भएको हो । नतिजामा नियमित र आंशिक गरेर ६४.१३ प्रतिशत अर्थात् दुई लाख ६८ हजार १९० जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तथा आंशिक परीक्षाको नतिजामा चित्त नबुझ्ने विद्यार्थीहरूले पुनर्योगका लागि आवेदन दिन पाउने बोर्डले जनाएको छ । रिटोटलिङका लागि ६ असार (शनिबार) बिहान ११:०० बजेदेखि १२ असार साँझ ५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)