मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलसँग युनाइटेडको लज्जास्पद हार

nayapatrikadaily.com · Tue Oct 26 00:30:00 GMT 2021

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि ५–० को सानदार जित दर्ता गरेको छ । सन् २०११ पछि युनाइटेड घरेलु मैदानमा पाँच गोलअन्तरले पराजित भएको दोस्रोपटक हो । दश वर्षअघि म्यानचेस्टर सिटीले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा ६–१ को जित निकालेको थियो । प्रशिक्षक ओले सोल्सारको प्रशिक्षणमा पहिलोपटक युनाइटेड ५–० ले पराजित भएको हो ।

ओल्ड ट्राफोर्डमा लिभरपुरलाई सानदार जित दिलाउने क्रममा उत्कृष्ट फर्ममा रहेका मोहमद सलाहले ह्याट्रिक गरेका थिए । सलाहले लगातार दश खेलमा गोल गरेका छन् । लिभरपुलले पहिलो हाफमा ४–० ले अग्रता लिएको थियो । दोस्रो हाफमा लिभरपुलले एक गोल थप गर्दा युनाइटेडले चालू सिजनमा खराब नतिजा व्यहो¥यो । जितसँगै लिभरपुल २१ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । चेल्सी २२ अंकका साथ शीर्ष स्थानमा छ । साविक विजेता म्यानचेस्टर सिटी २० अंकका साथ तेस्रो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)