‘चोया चिरेरै जिन्दगी बितेको छ’
ekantipur.com · Tue Jan 13 18:02:35 GMT 2026

पाल्पा — निस्दी गाउँपालिका–३, झिरुवासको खादरमा हामी मगर समुदायको बसोवास छ । मेरो घर पनि यहीँ छ । म अहिले ७० वर्ष पुगेँ । बुढेसकालमा रोगले च्यापेकाले म भारी काम गर्न सक्दिनँ । मेरै उमेरका साथीभाइले घाँस–दाउरा गरिरहेका छन् । त्यो देख्दा मलाई पनि रहर लाग्छ । तर के गर्नु १० वर्षदेखि चिनी रोग (डायविटिज)ले च्यापेको छ ।
पहिला नियमित औषधि खान परेको थियो । औषधि खाएर अहिले चिनी रोग ठिकै ठाउँमा आएको छ । गाउँका गरिबी छ । धेरै परिवारलाई खान–लाउने समस्या छ । गाउँमा विकास पनि छैन । सात वर्षअघिसम्म धारा थिएन । पानी लिन मूल खोज्दै टाढा जानु पर्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)