तुवाँलोले छेक्यो पोखरा
ekantipur.com · Wed May 01 00:16:38 UTC 2024

काठमाडौँ — दैनिक ४५ सय हाराहारी यात्रुको ओहोरदोहोर हुने पोखरा क्षेत्रीय विमानस्थलमा सोमबार र मंगलबार एउटै उडान भएन । शुक्रबारयता डढेलो मिसिएको तुवाँलोका कारण उडान प्रभावित हुँदै आएको छ । तुवाँलोकै कारण काठमाडौंबाट पश्चिम तराईका भैरहवा, नेपालगन्ज, धनगढीतर्फ उड्दै गरेका जहाज जब मनकामना कटेर बन्दीपुर आकाशमा पस्छन्, न राम्ररी पोखरा देखिन्छ न फेवा र बेगनास ताल नै ।
‘हामी पश्चिमतिर जाँदै गर्दा ककपिटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि छ्याङ्गै सफा देखिन्छन्,’ बुद्ध एयरका एक वरिष्ठ एटीआर पाइलटले भने, ‘तर हिजोआज पोखरा जस्ता भित्री उपत्यकाहरू धूवाँ, धूलो मिसिएको तुवाँलोले डम्मै भरिएको छ ।’ उनका अनुसार, १२ हजार ५ सय फिट उचाइभन्दा माथि आकाश सफा छ । तर त्यसभन्दा तल मध्यपहाडी क्षेत्रको आकाश भने चुरे क्षेत्रको डढेलो र धूलो मिश्रित तुवाँलोले प्रभावित छ । ‘माथिबाट सीधा तल (भर्टिकल) हेर्दा धुमिलो भुइँ देखिन्छ तर जहाजलाई अवतरण गराउन सीधा हेर्दा अगाडि देखिँदैन,’ ती पाइलटले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)