मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८४ वर्षको उमेरमा नागरिकता

ekantipur.com · Tue Jan 13 18:12:23 GMT 2026

सिन्धुपाल्चोक — जीवनका अधिकांश वर्ष राज्यको अभिलेखबाहिर बिताएकी चौतारा साँगाचोकगढी नगरपालिका–१० मा बसोबास गर्दै आएकी ८४ वर्षीया लालकुमारी श्रेष्ठले अन्ततः नेपाली नागरिकता पाएकी छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार लालकुमारीलाई वंशजका आधारमा मंगलबार नागरिकता प्रदान गरिएको हो । 'वडाको सिफारिस, प्रहरी रिपोर्ट र समाजका सबै पक्षको सर्जमिनका आधारमा प्रक्रिया पूरा गरियो,' उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)