माधव नेपालले टुँगो लगाए चारै जना मन्त्रीको नाम, प्रेम आले पर्यटन र रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै
reportersnepal.com · Thu Oct 07 16:29:38 GMT 2021
काठमाडौं, २१ असोज । चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो । स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का एक नेताकाअनुसार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने भएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् । त्यस्तै, श्रम मन्त्रालयमा भने किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)