कुरिलो किलोकै ९ हजारसम्म !
ekantipur.com · Tue Feb 01 00:48:46 GMT 2022
काठमाडौँ — बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजारसम्म पुगेको छ । बजारमा कुरिलोको मूल्य फरकफरक छ– कतै २५ सय रुपैयाँ किलो त कतै ९ हजारसम्म । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् । सिजनमा कुरिलो खुद्रा पसलेदखि डिपार्टमेन्टल स्टोरसम्म पाइन्छ । बेमौसम भएकाले पनि यतिबेला जहाँतहीं पाइँदैन ।
कालीमाटी तरकारी बजारस्थित खुद्रा पसलमा कुरिलो किलोकै २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । बल्खु तरकारी बजारमा किलोको ८ हजार रुपैयाँ पर्छ । महँगो भएपछि अर्डरअनुसार मात्र कुरिलो ल्याउने गरिएको बल्खु तरकारी बजारकी एक व्यापारीले बताइन् । ‘महँगो छ, सजिलै बेच्न सकिँदैन, त्यसैले अर्डरअनुसार मात्र ल्याउँछौं,’ उनले भनिन्, ‘मैले ल्याउने ठाउँमा ८ हजार रुपैयाँ किलो छ, अफ सिजनको कुरिलो अरू देशकै हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)