अण्डाको मूल्य वृद्धि, किसानलाई राहत
gorkhapatraonline.com · Sun Oct 27 17:17:44 UTC 2024

चितवन, कात्तिक ११ गते । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्यनजिक बिक्री गर्न पाएका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुनेगरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँचसय, मध्यम चारसय ८५ र ‘एक्सएल’ पाँचसय १५ कायम गरिएको छ । यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठुलो अण्डा तीनसय ६०, मध्यम तीनसय र एक्सएल तीनसय ७५ मा झरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)