नयाँ एक्स्काभेटर प्रयोग गरिएसँगै चिलिमे सुरुङमा उद्धार टोली नजिकिँदै
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित बनेको चिलिमे सुरुङमा उद्धार कार्यलाई तीव्र पारिएको छ। सुरुङ क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो एक्स्काभेटर हटाएर अहिले हरियो एक्स्काभेटरबाट उद्धार तथा भग्नावशेष हटाउने काम भइरहेको छ।
इन्जिनियर गोकर्ण चौधरीका अनुसार नयाँ एक्स्काभेटरको प्रयोगले काम छिटो र प्रभावकारी भएको छ। लेदो, ढुंगामुढा एवं कंक्रिटका कारण उद्धार गर्न कठिन भइरहेका बेला नयाँ एक्स्काभेटरमार्फत काम छिटो अघि बढेको छ। नयाँ एक्स्काभेटर प्रयोगमा ल्याएसँगै उद्धार टोली सुरुङको नजिक पुगेको छ र सुरुङभित्र फसेकाहरूको खोजीका लागि अवरोध हटाउने काम धमाधम भइरहेको चौधरीले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)