मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

रुसको उच्च–गति रेल इन्जिनको परीक्षण सफल

ratopati.com · Tue Jan 13 18:18:39 GMT 2026

काठमाडौँ । रुसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको छ । रुसी रेलवेको जानकारी अनुसार यस मोटरको सञ्चालन क्षमता र ऊर्जा प्रयोग गर्ने दक्षता विश्वका अग्रणी मोटरसँग तुलनायोग्य रहेको छ ।

यो मोटरको परीक्षण पश्चिमी रुसको चेल्याबिन्स्क सहरमा रहेको रुसी विद्युतीय मोटर उद्योगको कारखानामा गरिएको थियो । परीक्षणका क्रममा मोटरको स्थायित्व, सुरक्षा र लामो समयसम्म काम गर्ने क्षमता जाँच गरिएको थियो । परीक्षण परिणाम सन्तोषजनक आएको रुसी रेलवेको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)