सांसदहरूले धक्कामुक्की गरेको घटना छानबिन गर्न गठित समितिको प्रतिवेदनमा के छ ?
shilapatra.com · Fri Jun 19 15:11:31 GMT 2026

गत १७ जेठमा प्रतिनिधिसभा नियमावली पारित गर्ने समयमा विपक्षी दलका सांसदहरूले संसद अवरोध गरेका थिए । सो क्रममा सत्ता र प्रतिपक्षी सांसदहरूबीच बैठकमा भनाभन र धकेलाधकेल भएको थियो । साथै, भौतिक क्षतिसमेत भएकाले सभामुख डीपी अर्यालले १८ जेठमा छानबिन समिति बनाएका थिए । समितिले १७ जेठमा संसद बैठकमा सामान्य क्षति भएको विवरणसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख वविता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए । समितिले तोकिएको समयमा नै प्रतिवेदन बुझाएको सदस्य मिश्रले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह
हर्कराज राई
सभामुख डोलप्रसाद अर्याल