मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यावसायिकताकासाथ कार्यक्षेत्रमा लाग्न सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन

barnanmedia.com · Sun Dec 21 21:55:00 GMT 2025

पदोन्नतीसँगै थपिएको पदिय जिम्मेवारीलाई अझबढी उत्तरदायी भई राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न कार्यक्षेत्रमा सकारात्मक सोच र पूर्ण व्यावसायिकताकासाथ लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पौष ६ गते विभिन्न दर्जामा पदोन्नती भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा महानिरीक्षक अर्यालले सो निर्देशन दिएका हुन् । उमले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन गर्न सशस्त्र प्रहरी कर्मचारीहरु मानसिक तथा सांगठानिक तवरमा पूर्ण रुपमा तयार रहन समेत निर्देशन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)