कृषि औजार उत्पादन, सूचना प्रविधि र पर्यटनलाई सस्तो कर्जा
ekantipur.com · Fri Jul 26 17:07:21 UTC 2024

काठमाडौँ — कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्योगहरुले सस्तो कर्जा पाउने भएका छन् । यस वर्षको मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उल्लिखित क्षेत्रका लागि आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने गरी विद्यमान नीति पुनरावलोकन गरिने बताए ।
‘२ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसाग सम्बन्धित क्षेत्रहरु थप गर्ने गरी पुनरावलोकन गरिनेछ,’ गभर्नर अधिकारीले भने । नेपाल सरकारको ०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)