खल्तीले सुरु गर्यो ‘खल्ती होटल्स’, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ
ratopati.com · Fri Sep 11 14:28:55 GMT 2026

काठमाडौँ। डिजिटल वालेट सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ तथा भुक्तानी गर्न सक्नेछन्।
स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सुरु गरिएको ‘खल्ती होटल्स’ को बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ। भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै होटल बुकिङको कन्फर्मेसन प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)