मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित विधेयकप्रति असहमति

gorkhapatraonline.com · Sat Mar 18 23:43:06 GMT 2023

काठमाडौँ, चैत ५ गते । द्वन्द्वपीडित परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सङ्घीय संसद् सचिवालयमा प्रस्तुत विधेयकलाई परिमार्जन गर्न माग गरेका छन्। विधेयकमा आफूहरूको असहमति रहेको भन्दै परिमार्जनको माग गरेका हुन्।

सत्य र न्यायको खोजी अभियान, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था र माओवादीपीडित राष्ट्रिय सङ्घर्ष समितिलगायतका संस्थाद्वारा शनिबार आयोजित कार्यक्रममा विधेयक पीडितमैत्री नभएको दाबी गरिएको छ। पीडित पक्षलाई सहमतिमा ल्याउनेभन्दा पनि सरकार एकतर्फी रूपमा अघि बढेको पीडित परिवारको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)