मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल–हिजबुल्लाहबीच युद्धविराम

himalpress.com · Fri Jun 19 15:22:16 GMT 2026

काठमाडौँ- इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराममा सहमति भएको छ।

दुवै मुलुकबीच युद्धविरामको सहमति भएको अमेरिकाका एक वरिष्ठ अधिकारीले पुष्टि गरेको बीबीसीले जनाएको छ।

यो सम्झौता शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेदेखि लागू भएको छ।

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले विज्ञप्ति निकालेर भनेका छन्, ‘हामी युद्धविरामको स्थितिमा छौँ। यदि आवश्यकता प¥यो भने इजरायल लडाइँ जारी राख्न तयार छ।’

गएराति इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा कम्तीमा १८ जनाको मृत्यु भएपछि युद्धविरामको सहमति भएको हो। अर्कोतर्फ इजरायलको सेनाले आफ्ना चार सैनिक पनि मारिएको जनाएको छ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले यसअघि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग जोडिएका ८० स्थानलाई निशाना बनाएको बताएको थियो। आईडीएफले यी आक्रमणहरुमा हिजबुल्लाहका ‘दर्जनौँ’ सदस्यहरु मारिएको दाबी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)