सेयर धितो कर्जामा २० करोडको सीमा हट्नु खुसीको कुरा : शर्मा
ratopati.com · Fri Jul 26 17:36:00 UTC 2024

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको कुराप्रति खुसी व्यक्त गरेका छन् । शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौद्रिक नीतिमार्फत सरकारले सेयर धितो कर्जाको २० करोडको सीमा हटाएकोप्रति खुसी व्यक्त गरेका हुन् ।
उनले भनेका छन् : ‘जतिवेला शेयर बजार प्रभावकारी रूपमा काम गरिरहेको थियो र नेप्से ३२ सय भन्दा माथि थियो । राष्ट्र बैंकले शेयर धितोमा १२ करोडको सीमा लगाएका कारण शेयर बजार ओरालो धकेलियो त्यसको शिक्षा समेत लिई २० करोडको सीमा हटाइएको कुरा प्रति खुसी व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु । विज्ञताको मर्म बुझे मैले ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)