इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी श्रेष्ठ
baahrakhari.com · Fri Jun 19 15:46:45 GMT 2026

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आट्र्स (एमएमए) खेलाडी कोशिस श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमको प्रतिनिधित्व गर्ने भएका छन् । भारतको पहिलो फ्रेन्चाइजमा आधारित एमएमए प्रतियोगिताका रूपमा परिचित दक्षिण एसियामै तीव्र रूपमा लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो ।
इन्डियन प्रिमियर लिग, प्रो कबड्डी लिग र इन्डियन सुपर लिग जस्ता सफल फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगिताहरूबाट प्रेरित यसले विभिन्न सहरका टिममार्फत यस क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई एउटै मञ्चमा ल्याएको छ । यसले एमएमए खेललाई व्यावसायिक र दिगो बनाउने उद्देश्यसहित नयाँ अवसर सिर्जना गरिरहेको छ ।
हाल १–० को व्यावसायिक एमएमए रेकर्ड कायम गरेका श्रेष्ठले दिल्ली टिमबाट प्रतिस्पर्धा गर्नेछन् । उनले मुम्बई फ्रेन्चाइजका अनुभवी फाइटर प्रचण्ड जामिल्यासँग भिड्नेछन्, जसको एमेच्योर रेकर्ड १४–४ रहेको छ । दिल्ली र मुम्बईबीचको यो भिडन्त प्रतियोगिताकै प्रमुख आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ ।
#खेलाडी
#कोशिस श्रेष्ठ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)