मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

barnanmedia.com · Tue May 26 20:15:01 GMT 2026

अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँगको वार्ता ‘सकारात्मक ढङ्गले अघि बढिरहेको’ दाबी गरिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी बिछ्याउन प्रयोग हुने डुङ्गामाथि ‘आत्मरक्षात्मक’ सैन्य कारबाही गरेको जनाएको छ । यसले युद्धविरामको नाजुक अवस्थाबीच सैन्य तनाव र कूटनीतिक प्रयास एकैसाथ अघि बढिरहेको सङ्केत गरेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार उक्त आक्रमण ‘इरानी सेनाबाट उत्पन्न जोखिमविरुद्ध अमेरिकी सैनिकको सुरक्षा सुनिश्चित गर्न’ गरिएको हो । उहाँले अमेरिकी पक्षले जारी युद्धविरामको अवधिमा संयम अपनाइरहेको दाबी पनि गर्नुभयो । यद्यपि, इरानबाट उत्पन्न भनिएको खतरा वास्तवमा के थियो, त्यसले जारी वार्तालाई कसरी असर गर्न सक्छ भन्ने विषयमा तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)