ग्यास सिलिन्डर पट्किँदा दुई जना गम्भीर घाइते
deshsanchar.com · Thu Feb 16 14:54:25 GMT 2023
दाङ – दाङको तुलसीपुरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना गम्भीर घाइते भएका छन्। बिहीबार पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरा निवासी ५० वर्षीय कुसुम केसीले सञ्चालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यासको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।
घाइते हुनेमा कम्पनी सञ्चालक तुलसीपुर– १० निवासी ५० वर्षीय कुसुम केसी र चितवन भरतपुर महानगरपालिका– ५ घर भई हाल सोही कृषि उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)