प्रतिनिधि सभा निर्वाचनमा १८२ सिटसहित शक्तिशाली दलका रूपमा उदाए
barnanmedia.com · Fri Jun 19 15:46:20 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा १८२ सिटसहित शक्तिशाली दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन आगामी ७ असारदेखि चितवनमा सुरु हुँदैछ।
पार्टी स्थापनाको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यस महाधिवेशनले नीतिगत मार्गचित्र तय गर्नुका साथै विभिन्न राजनीतिक पृष्ठभूमि र आन्दोलनबाट आएका समूहहरूलाई भावनात्मक रूपमा एकीकृत गर्ने लक्ष्य राखेको छ।
गएको निर्वाचनमा समानुपातिकतर्फ ४७.८४ प्रतिशत (५१ लाखभन्दा बढी) मत ल्याएर कीर्तिमान बनाएको रास्वपाभित्र बालेन शाहको टोली, जेनजी (Gen Z) आन्दोलनका अगुवा, कुलमान घिसिङको समूह, विवेकशील साझा पार्टी, तथा थरुहट आन्दोलन र अन्य परम्परागत दलहरूबाट भित्रिएका नेता-कार्यकर्ताहरूको ठूलो हिस्सा छ। करिब ८० प्रतिशत सांसदहरू अन्य दल वा अभियानबाट आएकाले उनीहरूलाई संगठनात्मक संरचनामा बाँध्ने जिम्मेवारी महाधिवेशनको छ।
महाधिवेशनले वडादेखि केन्द्रसम्मको संरचनालाई लोकतान्त्रिक विधिबाट व्यवस्थित गर्ने भए पनि मूल नेतृत्वमा भने रवि लामिछाने नै सभापति रहने गरी गृहकार्य भइरहेको छ। ७ बुँदे सहमतिअनुसार बालेन शाह वरिष्ठ नेता र रवि लामिछाने सभापति रहने प्रणालीलाई महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)