म्यानमारमा दिउँसो सय बढीको नरसंहार, राती सैनिक कमाण्डरहरुको भव्य पाटी !
ratopati.com
काठमाडौं । शनिबार म्यानमारका सेनाले प्रदर्शनकारीहरूमाथि हिंस्रक दमन गरेको छ । सेना र प्रदर्शनकारीबीच भएको झडपमा परेर ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सशस्त्र बल दिवस मनाइरहेको सेनाले प्रदर्शनकारीमाथि हिंस्रक दमन गर्दा एकैदिन त्यतिधेरै प्रदर्शनकारीहरूको मृत्यु भएको हो ।
म्यानमारको सेनाको उक्त हिंस्रक दमनको विश्वव्यापी रुपमा कडा आलोचना भैरहेको छ । शनिबार दिउँसो त्यति धेरै प्रदर्शनकारीहरू मारिए पनि बेलुका म्यानमारका सैनिक जनरलहरू भव्य पार्टीमा रमाइरहेका खबर र तस्बिरहरु सार्वजनिक भैरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)