राजनीतिक स्थिरताका लागि नागरिक- केन्द्रित शासनको अपरिहार्यता
nepalpress.com · Fri Sep 11 15:23:31 GMT 2026

कुनै पनि लोकतान्त्रिक राज्यको दिगो विकास, सुशासन र समृद्धिको आधार राजनीतिक स्थिरता हो । सरकार लामो समयसम्म टिकिरहनु वा राजनीतिक दलहरूबीच द्वन्द्व नहुनुलाई मात्र राजनीतिक स्थिरता भनी बुझ्नुहुँदैन । राज्यका सबै संस्थाहरूले प्रभावकारी, जबाफदेही र उत्तरदायी भएर कार्य गरेको अवस्थामा मात्र वास्तविक राजनीतिक स्थिरता कायम हुनसक्छ ।
नागरिकले राज्यप्रति विश्वास गर्ने वातावरण, सार्वजनिक सेवा सहज, समान र सम्मानित रूपमा प्राप्त गर्नसक्ने अवस्था, राज्यका अङ्गहरूले गर्ने निर्णय प्रक्रियामा तथा शासन प्रक्रियाहरूमा नागरिकको उचित र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिएको खण्डमा मात्रै राजनीतिक स्थिरता सम्भव हुन्छ । यस अर्थमा राजनीतिक स्थिरताको दिगो आधार नागरिक–केन्द्रित शासन नै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)