ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
nepalbahas.com · Fri Jun 19 16:31:44 GMT 2026

ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
५ असार, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।
सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उनले भने, “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ । हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ ।”
यसैबीच, ट्राफिक प्रहरीले आजमात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ । चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
ट्राफिक प्रहरी
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
असार ३, २०८३ बुधबार
काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
असार ३, २०८३ बुधबार
चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
असार ३, २०८३ बुधबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
असार ४, २०८३ बिहिबार
२
फुटबलको विश्वमञ्चमा भारतीय मूलका ४ खेलाडीको दमदार उपस्थिति
असार ५, २०८३ शुक्रबार
३
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
असार ५, २०८३ शुक्रबार
छुटाउनुभयो कि?
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
असार ५, २०८३ शुक्रबार
मुस्ताङबाट भित्रिएका ईभी नियमअनुसार, रसुवामा जाँचपास प्रक्रियामा कैफियत
असार ५, २०८३ शुक्रबार
राहदानी छपाई प्रकरणको थप अनुसन्धानका लागि तीर्थराज अर्यालसहित चार जनाको म्याद ५ दिन थपियो
असार ५, २०८३ शुक्रबार
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, विभिन्न विधेयक सदनमा पेश गर्ने निर्णय
असार ५, २०८३ शुक्रबार
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अदालतको अनुमति
असार ५, २०८३ शुक्रबार
पूर्व रक्षामन्त्री किम योङ–ह्युनलाई तीन वर्ष जेल सजाय
असार ५, २०८३ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)