मधेसमा ५० जना अट्ने कोठामा २०० विद्यार्थी राखियो : प्रभु साह
ratopati.com · Sun Mar 31 17:15:00 UTC 2024

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले तराई मधेसका विद्यालयहरूमा कोचाकोच गरेर विद्यार्थी राखेर पढाउने काम भएको बताएका छन् । ५० जना अट्ने विद्यालयको कोठामा २०० जनासम्म राख्ने काम भएको उनको भनाइ छ ।
‘एउटा मोटरसाइकलमा तीन जना हिँड्यो भने ट्राफिकले चिट काट्छ । किनकि २ जना बस्नेमा तीन जना बसेको भनेर बसाउनेले दण्ड तिर्नुपर्छ’, प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘तर ५० जना विद्यार्थी बस्ने कोठामा २/२ सय विद्यार्थी बस्दा त्यसमा चिट काट्नुपर्छ कि पर्दैन ? त्यो गल्ती गर्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)