बुढानिलकण्ठ नगरपालिका च्याम्पियन
hamrokhelkud.com · Fri Jun 19 15:52:44 GMT 2026

बुढानिलकण्ठ नगरपालिका च्याम्पियन
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका अपराजित रहँदै १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
आज कीर्तिपुर कभर्डहलमा भएको फाइनल खेलमा ग्रान्डी स्टारलाई ५०-३७ ले हराउँदै बुढानिलकण्ठ च्याम्पियन बनेको हो। बुढानिलकण्ठले सुरूवात राम्रो गर्यो।
पहिलो क्वाटरमा १३-६ र दोस्रो क्वाटरमा १४-७ को अग्रता बनायो। पहिलो हाफकप समाप्तीमा बुढानिलकण्ठले १४ अंकको स्पष्ट अग्रता बनायो।
तेस्रो क्वाटरमा भने ग्रान्डी खेलमा फर्कने प्रयाशमा थियो। बुढानिलकण्ठलाई चुनौती दिंदै १४ अंक जोडयो। यो क्वाटरमा बुढानिलकण्ठले १३ अंक बनायो।
चौथो क्वाटर सुरू हुँदा बुढानिलकण्ठसँग १३ अंकको अग्रता थियो। चौथो क्वाटर १०-१० को बराबरीमा सकिंदा बुढानिलकण्ठले बाजी मार्यो।
बूढानीलकण्ठको जितमा अनुषा मल्लले सर्वाधिक १० अंक जोड्दा उर्जा राना मगर प्लेयर अफ दी म्याच बनिन्।
प्रतियोगितामा विजयी बूढानीलकण्ठकी अनुषा मल्ल मोस्ट भ्यालुएबल प्लेयर बनिन्। उनले नगद १० हजार प्राप्त गरिन्।
अन्नपूर्ण बास्केटबल संघकी निर्वीती शर्मा इमरजिङ खेलाडी तथा सुनसरी बास्केटबल संघ इमरजिङ टिम बनेका छन्। निर्वीतीले ५ हजार हात पारिन्। सुनसरीलाई १० हजार प्रदान गरिएको छ।
असार १ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो। आयोजक नेपाल बास्केटबल संघले यो प्रतियोगितालाई साबा महिला च्याम्पियनसिपको छनोट भनेको छ।
Latest News
बुढानिलकण्ठ नगरपालिका च्याम्पियन
June 19, 2026
एरिकालाई एसियन सिनियर करातेमा कास्य
June 19, 2026
बागमती प्रदेश खेलकुद – करातेमा चितवन टिम च्याम्पियन
June 19, 2026
All Latest News
Popular News
बुढानिलकण्ठ नगरपालिका च्याम्पियन
June 19, 2026
एरिकालाई एसियन सिनियर करातेमा कास्य
June 19, 2026
बागमती प्रदेश खेलकुद – करातेमा चितवन टिम च्याम्पियन
June 19, 2026
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)