एसियाली करातेमा एरिकालाई कास्य पदक
baahrakhari.com · Fri Jun 19 17:00:04 GMT 2026

काठमाडौं । नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी छिन् ।
इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले शुक्रबार महिला ६८ किलोमाथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अंकले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८–० अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।
#नेपाल
#एरिका गुरुङ
#कराँते प्रतियोगिता
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)