भ्रष्टाचारीलाई स्वर्ग भयाे नेपाल, अब जनआन्दोलनको विकल्प छैनः कमल थापा
shilapatra.com · Fri Jul 28 18:42:00 GMT 2023
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब, जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् । आज जिल्ला समिति काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाकाे अन्त्य नभई विद्यमान समस्याकाे समाधान ननिस्कनेसमेत दाबी गरे ।
उनले राष्ट्र निर्माणको फरक विचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रूपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढतासमेत व्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा व्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको तीव्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिसँग एकता र सहकार्य हुन सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)