बेल्जियम र इरान अन्तिम ३२ मा, न्युजिल्यान्ड बाहिरियो
ratopati.com · Sat Jun 27 05:02:48 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का अन्तिम खेल सकिँदा बेल्जियम र इरानले अन्तिम ३२ मा स्थान बनाएका छन्। बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले हरायो भने इरानले इन्जुरी समयमा गोल गर्दै इजिप्टलाई २–१ ले पराजित गर्यो।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा बेल्जियमका लागि लियान्द्रो ट्रोसार्डले २८औँ र ५०औँ मिनेटमा दुई गोल गरे। त्यसपछि कप्तान केभिन डे ब्रुयनेले ६६औँ मिनेटमा गोल थपे। न्युजिल्यान्डका इलाइजाह जस्टले ८४औँ मिनेटमा एक गोल फर्काए पनि त्यसको दुई मिनेटपछि रोमेलु लुकाकुले बेल्जियमका लागि चौथो गोल गरे। इन्जुरी समयको चौथो मिनेटमा एलेक्सिस सेलेमेकर्सले गोल गर्दै बेल्जियमको ५–१ को शानदार जित सुनिश्चित गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा