मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

annapurnapost.com · Tue Aug 22 00:41:26 GMT 2023

काठमाडौं : विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबीन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छ। सोमबार बेलुका सिंहदरबारमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकमा उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको हो।

बैठकमा सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति भएको छ । आज छानबिन समितिको कार्यादेश तयार गर्नका लागि एमालेका संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सदस्य रहने गरी कार्यादेश समिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए। उनका अनुसार मंगलबारसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)