मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाताको झन् ठूलो जिम्मेवारी

ekantipur.com · Fri May 13 00:17:28 GMT 2022

नयाँ संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको स्थानीय निर्वाचनको लहर देशैभरि छाएको छ । प्रतिस्पर्धा गर्ने दल र उम्मेदवारका लागि मात्र होइन, मतदाताका लागि पनि यो उत्सव हो । आफ्ना प्रतिनिधि आफैं छान्ने यही अधिकारका लागि नै नागरिक सार्वभौम मानिएका हुन् ।

सुशासन र पूर्वाधार विकासमा आगामी पाँच वर्ष मात्र होइन, सुदूर भविष्यसम्म हाम्रो अवस्था कस्तो हुनेछ, दिशा र दशा छनोट गर्ने दिन आजै हो । निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन मात्र होइन, विधिको शासन स्थापित गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकार र कर्तव्य बोकेका हुन्छन् । त्यसैले मतदाताले सही उम्मेदवार छनोट गरी स्थानीय सरकारलाई अझ जनपक्षीय बनाउनुपर्ने जिम्मेवारी छ । सही जनप्रतिनिधि चयन भए मात्र ‘गाउँ–गाउँमा सिंहदरबार’ को मान्यता सही अर्थमा स्थापित हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)