पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी
ratopati.com
पूर्वी नाका काँकडभिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेका छन् ।
काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो । पश्चिम तथा पूर्वी नेपालका दर्जनौँ पहाडी जिल्लाका किशोरी तथा बालबालिकालाई आपराधिक गिरोहले विभिन्न प्रलोभनको बहानामा यही नाका पार गरेर भारतका सहरमा बेचबिखनका लागि पुर्याउँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)